२९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधबार मात्रै १३८ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७ जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस