बैँक / वित्त

कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबीच प्रोफेशनल कर्जाका लागि सम्झौता

kamana and can

२९ साउन, काठमाडौं ।कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान) बीच एक्यानमा आवद्ध सदस्यलाई बिना धितो प्रोफेश्नल कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा प्रदान गर्नेछ ।

सम्झौता पछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरु पुरा गर्नको लागि बैंङ्किङ सुविधा (कर्जा) लिनबाट बञ्चित व्यक्तिहरुलाई कर्जा लिन सहज हुने कुरामा आफु विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।

साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।

समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले कामना सेवाविकास बैंकको केन्द्रियकार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस