समाचार

पैसा नभएको चेक दिएर सुन पसलमा लाखौं ठगी गर्ने युवती पक्राउ

sun thagi

२९ साउन, काठमाडौं । महानगरीय अपराध महाशाखाले सुन पलसबाट सुन ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । महाशाखाले बुधबार राति काठमाडौं महानगर-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मगरले चार लाख ३६ हजार रकम बराबरको सुनका गरगहनाहरु विभिन्न बहाना बनाई झुक्याई ठगी गरेकी थिइन्  ।

उनले ठगी गरेका गहनाहरुमा सुनको सिक्री डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी रहेका छन् ।

अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले मगरलाई ज्ञानेश्वरबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको जनाएको छ ।

साथै निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले ठगीमा परेको भए कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस