बैँक / वित्त

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंककै

nrb bank

२९ साउन, काठमाडौं । कोभिड-१९ संक्रमित र सम्पर्कमा आएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पीसीआर परिक्षण तथा रोग उपचारको खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार सूचना प्रकाशन गर्दै कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्नुपर्ने र सोको उपचार खर्च संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख छ ।

यस्तै संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई पनि आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्‍न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च पनि बैक तथा वित्तीय संस्थाले व्यहोर्नु पर्नेछ ।

क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको छ । सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क फ्रम होम वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस