
२९ साउन, रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबी झड्प हुँदा १५ राउण्ड हवाइ फायर भएको छ ।
बिहीबार दिउँसो १ बजे राजपुर नगरपालिका-६ स्थित कुडियामा भारतबाट अवैध भैंसी ल्याइराखेको भन्ने खबर पाएपछि जिल्ला तथा स्थानीय प्रहरीको टोली खटिएको थियो ।
भारतबाट चोरिलुकी भित्रयाएको भैंसी नियन्त्रणमा लिन खोजेपछि भैसी व्यापारी र प्रहरीबीच राजपुर नगरपालिकामा झड्प भएको थियो । झडपमा प्रहरीले ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको हो ।
स्थानीयसँगको झडप हुँदा तस्कर समूहले राँगा भैंसी धपाउदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस