समाचार

उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार यात्रु नाकाबाटै फर्काइयो

thankot post

२९ साउन, काठमाडौं । सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ। लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको गृह मन्त्रालयले जनाएको छ ।

सवारी साधन अनुमति विना उपत्यका प्रवेश गर्न थप कडाइ समेत गरेको छ । बिहीबारदेखि सबै जिल्लामा सवारी पास जारी गर्न समेत बन्द गरिएको छ। यो अवधिमा मास्क प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५३८ जनालाई नियन्त्रणमा लिएको छ ।

ती मध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई छाडिएको र ३९ हजार ५०७ जनालाई मास्क दिएर पठाएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले मास्क नलगाउने २५ हजार २ सय ७ जनालाई जरिवाना गरेको छ ।

कोरोना संक्रमण नेपालमा बढ्दै गएको भन्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ। सरकारले गरेका निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस