समाचार

‘प्रधानमन्त्री ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ’ भन्दै स्टाटस लेख्ने व्यक्ति पक्राउ

anil sharma

२९ साउन, काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ’ भन्दै फेसबुकमा स्टाटस लेखेर अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५४ बर्षीय सुनिल शर्मा रहेको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । परिसरको टोलीले शर्मालाई बिहीबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

आफूलाई दैनिक भारत र उक्ता भारतको पत्रकार दावी गर्ने शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए ।

विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ समेत दावी गर्ने शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस