
३० साउन, सुर्खेत । कालिकोटको महाबै गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
गएराति साढे १२ बजेतिर महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृत्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।
सिंहका अनुसार पहिरोमा परेर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ । सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको छ ।
यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा दुई जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस