
३० साउन, चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २५ वर्षीया नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो ।
उनी केही दिनयता लगातार आकस्मिक कक्षमा काम गर्दै आएकी थिइन् । इमर्जेन्सीमा रहेका बिरामीलाई अन्यत्र सारेर सिल गरिएको सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि इमर्जेन्सी कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए । उनले भने–‘इमर्जेन्सीमा कार्यरत नर्समा संक्रमण देखिएकोले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेका छौं, इमर्जेन्सी कक्ष सिल गरेका छौं ।’
प्रतिक्रिया दिनुहोस