
३० साउन, काठमाडौं । लक्ष्मी बैंकले थप दुई ओटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले दोलखाको तामाकोशी गाउँपालिका–३ जफेमा छैटौं तथा कालिञ्चोक गाउँपालिका–८ सुनखानीमा सातौं काउन्टर सञ्चालनमा ल्याएको हो ।
यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।
प्रतिक्रिया दिनुहोस