समाचार

सुनको मूल्य बढ्ने क्रम जारी, कति पुग्यो तोलामा ?

gold shop

३० साउन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने तोलामा २ हजार ४ सय रुपैयाँले बढेको थियो । शुक्रबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यो अघिल्लो दिनको तुलनामा ६० रुपैयाँले बढी हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *