३० साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनीहरूको पीसीआर जाँच गरिएको थियो ।
प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिपोर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस