
३० साउन, काठमाडौं । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।
हालसम्म पर्सामा एक हजार एक सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये दुई सय ४५ जना संक्रमित निको भएका छन् । संक्रमणबाट पर्सामा २० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस