समाचार

हेटौंडा औद्योगिक क्षेत्रका दुई ट्रकमा आगलागी

truck aaglagi

३० साउन, काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मकै लोड गरी राखिएको ना ५ प  ६५०३  तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।आगलागीबाट   ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने    ना ५ प  ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ  ।

हेटौँडा उपमहानगरपालिकाको  दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा  आगो नियन्त्रणमा आएको थियो  । यसैबीच  त्रिभुवन राजपथस्थित थाहा नगरपालिका वडा १२  पिस्टुङ गैरीगाउँमा  रहेको एक ढुङ्गाखानीमा  गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ  ।

ढुङ्गाखानीमा काम गर्ने ५४ वर्षीय कालु मुक्तानको मृत्यु भएको हो  ।  मुक्तानको शव खानीभन्दा ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा तीन टिपर  र एउटा स्काभेटर  पुरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ  ।

अहिले त्रिभुवनराजपथ  पनि  अवरुद्ध रहेको र  पहिरो  पन्छाउने काम भइरहेको बुझिएको छ  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस