स्वास्थ्य

राहत सामग्री बोकेर गृहमन्त्रीको टोली सिन्धुपाल्चोकमा

badal

३० साउन, काठमाडौं । पहिरोपीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर बादल नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

गृहमन्त्रीको टोलीमा गृहसचिव र विपत् प्राधिकरणका सीईओ पनि रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

यसअघि लिदीमा गएको पहिरोले पुर्‍याएको क्षति अवलोकनका लागि सभामुख अग्‍निप्रसाद सापकोटा घटनास्थल पुगेका थिए । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस