समाचार

गुल्मीमा बाढीले मालबाहक ट्रक बगायो

truck gulmi

३० साउन, गुल्मी । गुल्मीमा पहिरोसहित आएको बाढीले मालवाहक ट्रक बगाएको छ ।

बुटवलदेखि बागलुङको हटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्ब- ६ स्थित खोलामा बाढीले करिब २० मिटर तल बगाएको छ ।

ठूलो बाढी आएपछि ट्रक रोकेर चालकहरु साईट लागेका थिए । उक्त ट्रक बाढीले करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ । बगाएको  ट्रकको क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस