समाचार

भरतपुर महानगरमा एकसाता लकडाउन

bharatpur nagar

३० साउन, चितवन । चितवनका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् । एक ७८ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुधबारबाट जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाले एकसाताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । यस्तै, भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको छ ।

शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी लगायत सरोकारवाला निकायको बैठकले महानगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन थालेकोले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

चितवनमा सबभन्दा बढी कोरोना संक्रमित भरतपुर महानगरपालिकामा भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको आशंका गर्दै निषेधाज्ञा घोषणा गरिएको हो । बिहीबार साँझ भरतपुरका ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस