बैँक / वित्त

कोरोना कोषमा सनराइज बैंकको ७९ लाख ४४ हजार रुपैयाँ सहयाेग

sunraise bank

३० साउन, काठमाडौं । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ ।

बैंकले अर्थमन्त्री डा. युवराज खतिवडालाई चेक हस्तान्तरण गरेको हो । उक्त रकम आज आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य श्रीमती शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेकी हुन ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च नभएको पैसा कोरोना कोषमा सहयोग गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्थाअनुसार बैंकले गत आर्थिक वर्षमा खर्च हुन नसकेको रकम कोरोना कोषमा जम्मा गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *