
३० साउन, काठमाडौं । राष्ट्रिय भलिबल खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का राष्ट्रिय भलिबल खेलाडीको कोरोना बिमा गरिने भएको हो ।
बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै सागका राष्ट्रिय महिला तथा पुरुष खेलाडीको कोरोना विमा गरिने लक्ष्मी नारायण श्रेष्ठ मेमोरियल ट्रस्टले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
कोरोनाबाट प्रभावित खेलाडीहरूको आत्मबल बढाउन तथा यस्तो महामारीबीच उनीहरूलाई केही राहत महसुस होस् भनेर खेलाडीहरूको बिमा गरिन लागेको ट्रस्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस