
३० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा ११९ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौं ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।
संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस