समाचार

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्‍यो

covid 19 dead body

३० साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङका एक पुरुष, सिराहाका एक पुरुष र बाराका दुईजना पुरुषको मृत्यु भएको हो ।

योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ७७ पुरुष र २२ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस