समाचार

दाङमा साँझ ७ बजेपछि सवारी सञ्चालन र हिँडडुलमा रोक

lamahi ghorahi road

३० साउन, दाङ । कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा आवतजावत तथा व्यवसाय सञ्चालन गर्न पूर्णरुपले रोक लगाएको छ ।

संकट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । बैठकले रातको समयमा यातायात सञ्चालन तथा हिँडडुलमा समेत पूर्णरुपले रोक लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक गोविन्दप्रसाद रिजालले तीजको अवसरमा भेला भएर नाचगान गर्न र मन्दिरहरुमा जान समेत प्रतिवन्ध लगाउने निर्णय भएको बताए । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले तीजमा हुन सक्ने संभावित घटनाहरुलाई समेत मध्यनजर गर्दै यस्ताे निर्णय भएको बताए ।

यातायातका साधनमा तोकेको भन्दा बढी यात्रु राखेर सञ्चालन गर्न नदिने निर्णय समेत बैठकले गरेको एसपी चन्दले जानकारी दिए । नारीहरुको महान चाड तीजमा अघिल्ला वर्षजस्तो सार्वजनिक स्थल वा मन्दिरहरुमा भेला हुन र नाचगान गर्न नदिने निर्णय भएको जानकारी दिए ।

संभावित कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सर्वसाधारण सबैलाई सजग र सचेत रहन आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस