
३० साउन, बाँके । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार बाँकेमा थप ११ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
बाँकेका ११ जना र बर्दियामा १२ जना संक्रमित थपीएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
तीमध्ये कोहलपुरका ६ जना र नेपालगन्जका ५ जना रहेका छन् । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ६ सय ९६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस