
३० साउन, सिन्धुपाल्चोक । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव भेटिएको छ ।
पहिरोमा ११ जनाको शव भेटिएको र पहिरोमा हराइरहेका अन्य २७ जनाको खोजी भइरहेको छ । पहिरोले ३७ वटा घरमा क्षति पुर्याएको छ । तीमध्ये १३ वटा घर पूरै भत्किएको छ ।
पहिरोमा परेर घाइते भएका पाँच जनाको उद्धार गरी उपचारकाे लागि चौतारा र काठमाण्डाै ल्याएको सभामुख अग्निप्रसाद सापकोटाले निकालेको विज्ञप्तिमा उल्लेख छ । पहिरो प्रभावितलाई हेलिकोप्टरमार्फत राहत सामग्री पठाउने काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस