समाचार

काठमाडौं उपत्यकामा कडाई : आज राति १२ बजेदेखि भदौ १५ गते रातिसम्म निषेधाज्ञा जारी

cdo Ktm

३० साउन, काठमाडौं । सरकारले आज रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । निषेधाज्ञा आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिदेखि काठमाडौं उपत्यकामा कडाई गर्ने निर्णय गरेको हो ।

ktm press release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस