
३० साउन, डोटी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका डोटी जिल्लाका जिल्ला कमिटी सदस्य कृष्ण बोहरा पक्राउ परेका छन् । उनी बडीकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ परेका हुन् ।
एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस