
३० साउन, काठमाडौं । विभिन्न व्यक्तिहरुको फेक फेसबुक आइडी बनाई अनेक बहानामा उनीहरुका आफन्त र नजिकका व्यक्तिलाई म्यासेज पठाई रकम असुल गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर-३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् ।
वीरगञ्जस्थित एक बैङ्कमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली (फेक) फेसबुक आईडी बनाएर हमालले साेही बैङ्कमा कार्यरत अर्का एक कर्मचारीलाई विश्वासमा लिएर एक लाख रुपैयाँ ठगी गरेको प्रहरीकाे आरोप छ । हमाललाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस