समाचार

रुपन्देहीमा कोरोना नतिजा आधा घण्टामै

covid 19 swab test

३१ साउन, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ ।

कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्ममा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

पिसिआर परीक्षणलाई तीव्रता दिन नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ परीक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गरे । सामान्य पिसिआर परीक्षणको समयावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यस यन्त्रबाट सहयोग मिल्ने मन्त्री बरालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस