
३१ साउन, काठमाडौं । नेपालमा शनिबार थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। संक्रमितमध्ये १७ हजार २०१ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस