
३१ साउन, काठमाडौं । शनिबार कोरोना संक्रमणबाट थप तीनको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषा जिल्लामा गरी तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कपिलवस्तु मायादेवी गाउँपालिकाका ४० वर्षीय पुरुष,पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुष, र धनुषा जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष रहेका छन् ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस