३१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। संक्रमितमध्ये १७ हजार २०१ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस