
३१ साउन, अर्घाखाँची । गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ ।
गोरुसिंगेबाट बालुवा बोकेर अर्घाखाँचीको नरपानी तर्फ जाँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले लु ३२ प २३९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवार रहेको थियो । सवार अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस