समाचार

समुदायस्तरमै कोरोना देखिएपछि मध्यपुर नगर क्षेत्र भदौ ९ गतेसम्मका लागि सिल

madhyaoura thmi nagar

३१ साउन, भक्तपुर । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि मध्यपुर थिमि नगर क्षेत्र सिल गर्ने भएको छ । आज बसेको नगर प्रमुख, उपप्रमुख र सबै वडाका वडाध्यक्षहरुको बैठकले भोलिदेखि भदौ ९ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सबै वडामा सिल गर्ने निर्णय गरेको हो ।

मध्यपुर थिमि नगरपालिका भित्र हालसम्म ४१ जना कोरोना संक्रमितहरु फेला परिसकेका छन् । त्यसैले समुदायस्तरमै कोरोना फैलिएको अवस्थालाई मध्यनजर गर्दै भोलिबाट नगरपालिका क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

अतिआवश्यक सामान खरिद गर्नको लागि पनि बिहान ११ बजेदेखि १ बजेसम्म (२ घण्टा) मात्र समय दिने निर्णय भएको उनले बताए ।

यस्तै, नगरभित्र सार्वजनिक यातायात संचालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ। अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्म भने सार्वजनिक यातायात रोक्न,यात्रु चढाउन, ओराल्न नपाइने गरी सवारी साधन चलाउन पाइनेछ ।

press 8

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस