
३१ साउन, बुटवल । रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेका छन् ।
बैंकरोडमा रहेको बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा अरुको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
उनीहरुमध्ये १२ जनाको पोजेटिभ रिपोर्ट आएको छ । अन्य दुईजना सिद्धार्थनगर-१ का एकै परिवारका हुन् ।
यस्तै भारतबाट नेपाल प्रवेश गर्न खोज्ने ८ जनाको समूहलाई सीमापारी रोकेर पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारततर्फ नै फर्काइएको शाहले बताए ।
प्रतिक्रिया दिनुहोस