
३२ साउन, काठमाडौं । आज पनि देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय भए पनि जलवाष्पयुक्त हावा देशभर फैलिएकाले दिउँसो देशभर नै सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिएकी छिन् ।
राति देशभर सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष गरी प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश– ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।