विश्व/प्रवास

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक

covid 19 india dead body

३२ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस स‌ंक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६३ हजार ४८९ नयाँ संक्रमित फेला परेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस