३२ साउन, रौतहट । कोरोना भाईरसको संक्रमण फैलन नदिन स्थानीय प्रशासनले रौतहटमा निषेधाज्ञा जारी गरेको छ तर यही समयमा एक दलित युबकको हत्या भएको छ । बस्ति भन्दा तीन सय मिटर पर हत्या गरिएका युबकको घाँटी काटेर हत्या गरिएको छ ।
गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो ।
चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए । घटनास्थल र प्रकृति हेर्दा कसैले कुनै रिसिभिको कारण निरन्जन रामको घाँटी रेटेर हत्या गरेको हुनसक्ने डिएसपी ज्ञानकुमार महतोले आशंका व्यक्त गरेका छन् ।
घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने डिएसपी महतोले जानकारी दिएका छन् ।