
३२ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाका तीन अधिकृतसहित बुटवलमा आइतबार १६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख हुन् भने र एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुख हुन् ।
त्यस्तै आइतबार कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेको सिंहले बताए ।
आइतबारसम्म उपमहानगरमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको उनले बताए । बुटवलको १ देखि १५ वडासम्म संक्रमण फैलिएको सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस