समाचार

चितवनका चार नगरपालिकामा आज रातिबाट एक साता निषेधाज्ञा

Ratnagar nagarpalika

३२ साउन, चितवन । पछिल्लो केही दिनदेखि चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चारवटा नगरपालिकामा एक साता निषेधाज्ञा लागु गरिएको  छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो  । पूर्वीचितवनका रत्‍ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिका  प्रमुखहरुको आज बिहान (आइतबार) बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।

निषेधाज्ञा लागू गर्नका लागि नगरपालिकाले निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई जानकारी गराएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले आज राति देखिनै लागू हुने गरी पूर्वी चितवनमा निषेधाज्ञा घोषणा गरिएको बताए । भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा जारी गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस