समाचार

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण

Nepal Police Headquarter

३२ साउन, काठमाडौं । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार दुई डीआईजीसहित ३६ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत सबैको बिहिबार स्वाब संकलन गरी परीक्षण गरिएका थियो । सो परीक्षणमा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताए । हाल प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस