
३२ साउन, काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४, कलंकीस्थित जगदम्बा गजुरमुखी गेस्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सविन मानन्धर रहेका छन् ।
फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी अभियोगमा मानन्धर पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस