
३२ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।
बैठक सोमबार (भोलि) बिहानको लागि डाकिएको वरिष्ठ नेता झलनाथ खनालले जनाकारी दिए । उनले भने, “बैठक भोलिका लागि बोलाइएको छ ।”
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरेपछि वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले कार्यदल गठनको निर्णय सचिवालयले गर्नुपर्ने माग गरेका थिए ।
कार्यदलको पहिलो बैठक शनिबार बसिसकेको छ । यद्यपि पनि बैठकले निर्णयहरु भने गरेको छैन ।
प्रतिक्रिया दिनुहोस