मनोरञ्जन ताजा समाचार

अव गायनमा निता ढुंगाना

neeta

३२ साउन, काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरु धमाधम गायनमा समेत देखिन थालेका छन् । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ लगायत नायिकाको नाम गायिको लिष्टमा समेत समावेश भएको छ । यो भिडमा नीता ढुंगाना पनि थपिएकी छन् ।

नीताले आफ्नै स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएर आफूलाई गायिकाको रुपमा समेत चिनाएकी हुन् । उक्त भजनको भिडियो समेत उनले आफ्नै प्रोडक्सन हाउस नीता फिल्मस्बाट गराएकी छन् । जसको छायाँकन शनिवार राजधानीमा गरिएको छ । भजनको भिडियोमा उनले नै अभिनय गरेकी छन् । भिडियो छिट्टै सार्वजनिक हुने बताइएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका हुन् । बनिश शाहले भिडियोको सम्पादन गरिरहेका छन् । पहिलो गीतको रुपमा भजन किन गाउनुभयो भन्ने प्रश्नमा, नीता भन्छिन्–‘हिन्दु धर्म र यसप्रतिको भक्तिभाव मेरो बच्चादेखिको सौख हो । गणेश भगवानको अनुयायी भएका कारण पनि मैले भजनबाटै गायन यात्रा सुरु गरेकी हुँ ।’

नीताले आफ्नै ब्यानरमा चलचित्र ‘माया’ बनाउने तयारी पनि गरेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *