स्वास्थ्य

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई अनुदान दिँदै स्वास्थ्य मन्त्रालय

Health Ministry

३२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणको उपचार गरिरहेका अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर कोरोना भाइरस सङ्क्रमणको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम सङ्क्रमित बिरामी तथा शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको हो ।

उपचारबापत अनुदान दाबी गर्न दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयले भनेको छ । तोकिएको समयभित्र विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ भएमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

health ministry release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस