समाचार

कपिलवस्तुमा फेरी थपियो निषेधाज्ञा

Kapilbastu CDO Office

३२ साउन, काठमाडौं । कपिलवस्तुमा निषेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि साउन २७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आइतबार राति सकिँदै थियो ।

निषेधाज्ञाको अवधि सकिए पनि संक्रमणको जोखिम यथावत रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुनः निधेषाज्ञा थप गरेको हो । निषेधाज्ञाको अवधि थप गरी भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक वाहेक सबै खाले ब्यवसाय, सेवा तथा कार्यालयहरु र बजार बन्द रहने छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोेलियम पदार्थ, ग्यास, औषधि, पानी र पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधनहरु तथा एम्बुलेन्स र शववाहन भने चल्न पाउनेछन् ।

यस्तै राजमार्ग भएर गुड्ने सवारी साधनहरु जिल्लामा पर्ने सडकमा रोकेर यात्रु ओराल्न र चढाउन नपाउने गरी चल्न पाउने छन् । यसबाहेक कुनै पनि निजी र सार्जजनिक सवारी साधनहरु जिल्लाका भित्री सडकहरुमा चल्न पाउने छैनन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आइतबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ११२ महिला र ८३१ पुरुष गरी ९ सय ४३ पुगेको छ ।

kapilbastu nisedhagya

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस