समाचार

काठमाडौं उपत्यकामा आज एकै दिन थपिए १७२ संक्रमित

corona test

३२ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौंमा एक सय २६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । संक्रमितमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस