
१ भदौ, काठमाडौं । आज सोमबार पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
यो आइतबारको मूल्यका तुलनामा २०० रूपैयाँ मात्रै घटेको हो । हिजो आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस