
१ भदौ, बुटवल । रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
छतमा बसेर फोनमा बोल्ने क्रममा एक्कासि खसेका उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डीएसपी खड्कबहादुर खत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस