समाचार

२५ महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

arrest

१ भदौ, प्युठान । प्युठानमा २५ महिने छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् ।

आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरुमारानी गाउँपालिका १, डाँडागाउँ टोल बस्‍ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस