राजनीति

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

oli prachanda deunba

१ भदौ, काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिल छलफल भइरहेको छ।

आज बसेको सचिवालय बैठकलगत्तै शेरबहादुर देउवा र नेकपा अध्यक्षद्वयबीच छलफल भएको हो । छलफलका लागि प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटारमा आमन्त्रण गरेका थिए ।

नेताहरुबीच संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति, विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारी नियुक्ति तथा कोरोना महामारी नियन्त्रण र रोकथामका विषयमा छलफल भइरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस